डब्लुसिएलकाे मिती सर्याे, खेलाडी दर्ता भने खुल्ला

नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता रहेको महिला च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताका लागि क्विन्स इभेन्ट्स म्यानेजमेन्टले फेरी मिती सारेको छ । अब यो प्रतियोगिता असोज तीन देखि ११ गतेसम्म गर्ने नयाँ मिती तय गरेको छ ।

यसअघि जेठको पहिलो साता हुने बताइएपछि सो बेला प्रधानमन्त्री कप हुने भएकाले आयोजकले प्रतियोगिता सारेका हुन ।

प्रतियोगिताका लागि आयोजकले आजबाट (विहिबार) बाट खेलाडीको दर्ता खुल्ला गरेको छ । खेलाडी दर्ताको समय बैशाख २५ गतेसम्मलाई तोकिएको छ । महिला च्याम्पियन्स लिग यसअघि जेठ तीन देखि १२ गतेसम्म गर्ने बताइएको थियो ।

खेलाडी दर्ताका लागि आयोजकले चार समुहमा विभाजन गरिएको छ । जसमा डायमण्ड, सफायर, रुविज, वाइल्ड कार्ड इन्ट्रि रहेका छन ।

डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन्। यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन्।

वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई÷दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest