अफ्रिदीले खाेल्ने भए आफ्नाे रियल उमेर

विश्व क्रिकेटमा अहिलेपनि साहिद अफ्रिदीको असली उमेर कति हो भन्ने चासो सबैलाई हुन्छ । प्रायः क्रिकेट समर्थकको जान्ने रहर रहेको उनको उमेर अब भने खुल्ने भएको छ । अक्टोबर १९९६ देखि पाकिस्तान क्रिकेट टिमबाट खेलिरहेका उनले आफ्नो अटोबायोग्राफ्रीमा उमेर खुलाएका छन ।

यसै साता उनले पाकिस्तान र भारतमा आफ्नो अटोबायोग्राफ्री गेम चेन्जर सार्वजनिक गर्दैछन । जसमा उनले आफ्नो उमेर सन् १९७५ मा जन्मिएको उल्लेख गरेका छन । तर त्यसमा पनि उनले महिना र दिन भने बताएका छैनन ।

उनको आफ्नो अटोबायोग्राफीमा उल्लेख गरेको उमेर उनका बारेमा बताइएको भन्दा पाँच बर्ष बढि हो । कुनैपनि क्रिकेट डाटामा उनको उमेर सन् १९८० मार्च एक तारिख भनेर बताइदै आएको छ ।

अफ्रिदीले नैरोवी विरुद्ध एक दिवसिय त्रिकोणात्मक सिरीजमा ३७ बलमा सतक बनाउँदै तहल्का मच्चाएका थिए । उनको त्यो कीर्तिमान १७ बर्षसम्म कायम रहेको थियो । सो बेला उनी सो सतक बनाउँदा १६ बर्षका थिए । तर अहिले उनले आफ्नो असल उमेर बताएपनि उनी त्यो भन्दा केहि पाको रहेको बुझिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest