राेमाञ्चक नतिजाकासाथ मुम्बइ प्लेअफमा

मुम्बई इण्डियन्स आईपीएलको प्लेअफमा स्थान बनाउन सफल भएको छ । सनराइजर्स हैदराबादलाई एक ओभर इलिमिनेटरमा पराजित गर्दै मुम्बई प्लेअफमा पुग्न सफल भयो ।

एक ओभर इलिमिनेटरमा मुम्बईका जस्प्रित बम्राहले दुई विकेट लिएपछि हैदराबादले पूरा ६ बल पनि खेल्न सकेन । उसले जम्मा ८ रन बनायो । जुन लक्ष्यलाई मुम्बईले तीन बलमै पूरा ग¥यो ।

टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । मुम्बईका लागि क्वीन्टन डिककले अविजित ६९ रनको योगदान दिए । रोहित शर्माले २४ रन नाउँदा सार्दुल यादवले २३ र हार्दिक पाण्ड्याले १८ रन बनाए ।

बलिङतर्फ हैदराबादका खालिल अहमेदले तीन विकेट लिए ।

जितका लागि १६३ रनको लक्ष्य लिएको हैदराबाद पनि २० ओभरमा ६ विकेट गुमाउँदा १६२ रनमा नै सिमित बन्यो । मनिष पाण्डेले अविजित ७१ रन बनाए भने मोहम्मद नाबीले ३१ रन जोडे । यस्तै ऋद्धिमान शाहाले पनि २५ रनको योगदान दिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest