काेलकाता र पञ्जावकाे राेमाञ्चक भिडन्त

इन्डियन प्रिमियर लिगमा आज किंग्स इलावेज पञ्जाव र कोलकाता नाइटराइडर्स विच प्रतिस्पर्धा हुँदैछ । दुबै टिमको लक्ष्य आज जित निकालेर प्ले अफको यात्रा बलियो बनाउने रहेको छ ।

चन्दिगडमा हुने खेल नेपाली समय अनुसार राती सवा आठ बजेबाट खेल हुनेछ । लिगको पुछारबाट दोस्रो र तेस्रो स्थानमा रहेका पञ्जाव र कोलकातामा आज हार्ने टिम प्रतियोगिताबाट बाहिरीने छ । विजयी टिमले लिग चरणको अन्तिम खेलमा जित निकालेर मात्र पुग्ने छैन । प्लेअफको यात्रामा रहेका हैदरावाद, राजस्थानले आफ्ना खेल हार्नुपर्नेछ । आजको खेलपछि आइपीएलमा १३ औं चरणका खेलहरु सकिनेछन ।

कोलकाता र पञ्जाव समान १० अंक बोकेर प्लेअफमा आँखा गाडीरहेका छन । यस्तोमा आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । पछिल्ला ५ खेलमा तीन खेलमा पञ्जाव कोलकातासँग पराजित भएको थियो । यहि प्रतियोगिताको अघिल्लो खेलमा कोलकाता पञ्जावसँग २८ रनले हारेको थियो । उसले अन्तिम पटक कोलकाता विरुद्ध अघिल्लो संस्करणको पहिलो चरणको खेलमा जित निकालेको थियो ।

दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले लिगको अन्तिम खेलमा मुम्बईसँग खेल्नेछ । उसले आजका खेलमा विजयी भएर पनि मुम्बईलाई अन्तिममा हराएमात्र प्लेअफमा पुग्ने संभावना रहन्छ । तर त्यसका लागि त्यसअघि अरु टिमले उसको फेबरमा नतिजा आउने किसिमले प्रदर्शन गर्नुपर्नेछ । मुम्बईले प्लेअफमा स्थान बनाइसकेको छ ।

यता पञ्जावले अन्तिम खेलमा लिगको शिर्ष स्थानमा रहेको चेन्नेईसँग खेल्नेछ । आज विजयी भएमा पञ्जावको पनि कोलकाताको जस्तै समिकरण चाहिन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest