चाेटका कारण रावाडा आइपीएलबाट बाहिर

इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली बलर सन्दिप लामिछानेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यितिर झ्टका लागेको छ । उसका मुख्य बलर कागिसो रावाडा चोटका कारण सिजनका बाँकि खेल खेल्न नपाउने भएका छन ।

लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तेज गतिका बलर रावाडालाई विश्वकपको तयारीकालागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडी स्वदेश फर्किन निर्देशन दिएको छ । तर आइपीएलमा चेन्नेई विरुद्धको खेलका दौरान उनले आफुलाई असहज महसुस भइरहेको बताएका थिए । उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै स्क्यान गरिएको थियो । जसका कारण उनलाई आराम चाहिएकाले दिल्लीले नै रावाडालाई स्वदेश फर्कन आग्रह गरेको छ ।

आइपीएलमा सफल बलर रावाडाले दिल्लीको अन्तिम खेल खेल्नेछैनन् भने त्यसपछि प्लेअफका खेलहरुपनि गुमाउने भएका छन । रावाडाले १२ खेलमा २५ विकेट लिएका थिए । रावाडाको फिटनेसमा समस्या आएपछि दक्षिण अफ्रिकालाई पनि तनाव भएको छ । किनकी विश्वकपमा रहेका टिममा डेल स्टेन, लुंगी नेगिडी, एनरीच नोर्जी सबै चोटग्रस्त रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest