हाेप र जाेनकाे कीर्तिमानी साझेदारी

विश्व एकदिवसिय क्रिकेटमा पहिलो विकेटका लागि भएको कीर्तिमानी साझेदारीसँगै वेष्ट इन्डिजले आयरल्याण्ड विरुद्धको पहिलो एकदिवसिय खेलमा एक सय ९६ रनको भारी अन्तरको जित निकालेको छ ।

गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोन काम्बेल र सेइ होपको कीर्तिमानी तीन सय ६५ रनको ओपनीङ जोडीको साझेदारीका कारण ५० ओभरमा तीन विकेट गुमाएर तीन सय ८१ रन बनाएको थियो । जसमा काम्बेलले एक सय ७९ तथा होपले एक सय ७० रन बनाए । एकदिवसिय क्रिकेटमा यसअघि पाकिस्तानका फकर जमान र इमाम उल हकको तीन सय चार रनको साझेदारी पहिलो विकेटका लागि भएको उच्च साझेदारी थियो । त्यसलाई क्याम्बेल र होपले तोडेका छन ।

जवाफमा आयरल्याण्ड ३४ ओभर चार बलमा मात्र एक सय ८५ रनमा अलआउट भयो । जसका लागि केभिन ओब्राइनले ६८ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङमा वेष्ट इन्डिजका नर्सले चार तथा गाब्रियलले तीन विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest