यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश सात र प्रदेश दुई खेल्ने

काठमाडौंमा जारी यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश सात र प्रदेश दुई खेल्ने भएका छन ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको सेमिफाइनलमा प्रदेश दुईले प्रदेश तीनलाई चार विकेटले हरायो भने प्रदेश सातले प्रदेश एकलाई ३० रनले पाखा लगायो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश सातले ३० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन बनायो । उसका लागि सुवास ऐयरले ४३ तथा दिपेन्द्र ठाकुरले २५ रन बनाए । यस्तै आशिष भट्टले २६ रनको योगदान गरे ।

जवाफमा प्रदेश एक २५ ओभर दुई बलमा मात्र एक सय ३५ रनमा अलआउट भयो । उसकालागि सुमन सुन्दासले ४४, आइन्स्टाइन रिजालले ३१ तथा सिमरन राईले २७ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट हुन पुगे ।

अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीनले निर्धारीत ३० ओभरमा नौ विकेट गुमाउँदै एक सय २१ रन बनायो । उसका प्रशान्त महतले २२ तथा आशिष भट्टराईले २७ रन बनाएपनि बाँकि खेलाडी सस्तैमा आउट हुन पुगे । जवाफमा प्रदेश दुईले २५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसकालागि मेघराज महराले ४७ तथा निखिल सिंहले ३२ रन बनाए । यस्तै रोहन विकले २१ रनको योगदान गरे ।

फाइनल खेल भोली विहान १० बजेबाट सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest