गेल वेष्ट इन्डिजकाे उपकप्तानमा चयन

वेष्ट इन्डिज क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान क्रिस गेल विश्वकपका लागि उपकप्तान चयन भएका छन ।

करियरको अन्तिम विश्वकप खेल्ने तयारीमा रहेका गेललाई वेष्ट इन्डिज क्रिकेट बोर्डले उपकप्तानमा नियुक्त गरेको हो । इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको कप्तानको जिम्मेवारी जेसोन होल्डरलाई दिइएको छ ।

एकदिवसिय क्रिकेटमा दुई सय ८९ खेलमा १० हजार रन पुरा गरेका गेल वेष्ट इन्डिज टिममा हाल सबै भन्दा अनुभवी खेलाडी हुन । उनले एकदिवसिय खेलमा २०१५ मा जिम्वावे विरुद्ध दुई सय १५ रन बनाएका थिए ।

यसका साथै जिम्मवावे विरुद्ध एकदिवसिय खेलमा सर्वाधिक ओपनिङ साझेदारी गर्ने खेलाडीमा गेल पनि हुन । सन् २०१० मा गेलले वेष्टइन्डिजको कप्तानी पनि गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest