फाइनल प्रवेशका लागि धाेनी र राेहितकाे टिमकाे भिडन्त

इन्डियन प्रिमयिर लिग आइपिएलको पहिलो क्वालिफायरमा आज मुम्बइ इन्डियन्स र चेन्नाइ सुपर किंस बीच प्रतिस्पर्धा हुदैछ ।

चेन्नाइको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार सांझ पौने आठ बजे सुरु हुनेछ । मुम्बइ तालिकाको शीर्ष स्थानमा र चेन्नाइ दोस्रो स्थानमा रहदै क्वालिफायरमा प्रवेश गरेका हुन् । लिग चरणमा दुवैले १४ खेलमा समान १८–१८ अंक जोडेका थिए ।

जारी सिजन लिग चरणमा भएका दुवै भेटमा मुम्बइले चेन्नाइलाइ पराजित गरेको थियो । लिगको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको मुम्बइले पांच विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । जवाफमा चेन्नाइले आठ विकेटको नोकसानीमा एक सय ३३ रन मात्र बनाएपछि मुम्बइ ३७ रनले विजयी भएको दोस्रो ।

दोस्रो खेलमा पनि मुम्बइले चेन्न्नाइ माथि ४६ रनको जीत हात पारेको थियो । त्यसैले आज चेन्नाइ मुम्बइ संग लिग चरणमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ । मुम्बइ भने सोही जीतलाइ निरन्तरता दिने लक्ष्य सहित मैदानमा उत्रनेछ । यी दुइ बीच महिले सम्म समग्रमा २३ पटक भेट भएको छ । जसमा मुम्बइ १२ र चेन्नाइ एघार खेलमा विजयी भएको थियो ।

आजको खेलमा जीत हात पार्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ । हार्ने टिमले पनि फाइनल प्रवेशको अर्को एक मौका पाउनेछ । पराजित हुने टिमले एलिमेनेटरमा प्रतिस्पर्धा गर्ने दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीचको विजेता संग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest