यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जित्याे

मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश २ ले जितेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई चार विकेट विकेटले हराउँदै उपाधि उचाल्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले १३४ रनको लक्ष्य दिएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा सुवास ऐयरले ४७, सन्दिप विष्टले २८ तथा आशिष भट्टले २१ रन बनाए । बलिङमा प्रदेश दुईका विशाल पटेल र निखिल सिंहले तीन तीन विकेट लिए ।

जसलाई प्रदेश २ ले २६ ओभर तीन बलमा ६ विकेट गुमाउँदै पुरा गर्यो । उसको जितमा रोहन विकले ३६, सेख इमरानले १४, निखिल सिंहले २७ तथा विशाल पटेलले २८ रन बनाए ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान प्रदेश तीनका आशिष भट्टराई बने भने बेष्ट बलर प्रदेश ती कै दिपक बोहोरो घोषित भए । यस्तै प्लेयर अफ द सिरीज सुदुरपश्चिमका सुवास ऐयर बने । इमर्जिङ खेलाडी प्रदेश तीनका भरगव चटौत बने । उपाधिसँगै प्रदेश २ ले २ लाख ५० हजार रूपैयाँ पायाे भने उपविजेता सुदुरपश्चिमले एक लाख २५ हजारमा चित्त बुझायाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest