नेपालले घरेलु मैदानमा ओमान र अमेरीकासँग सिरीज खेल्ने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ओडीआइ मान्यता पाएका देशलाई ३६ वटा एकदिवसिय खेल पुर्याउनका लागि आइसीसी मेन्स क्रिकेट वल्र्डकप लिग टु को खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो चरणमा कीर्तिपुर मैदानमा ओमान, अमेरीकासँग सिरीज खेल्ने भएको छ ।

आइसीसीले आफ्नो बरियतामा १४ देखि २० स्थानमा रहेका टिमलाई ३६ वटा एकदिवसिय खेल पुर्याउन यो लिग टु को खेल तालिका सार्वजनिक गरेको हो । जसमा नेपालले पहिलो चरणमा अमेरीका र ओमानसँग घरेलु मैदानमा खेल्नेछ । यो सिरीज २०२० को फेब्रेवरी ५ देखि १२ तारिखसम्म हुनेछ ।

त्यसपछि नेपालले दोसो सिरीजमा नामिवीया स्कटल्याण्डसँग नाविवियामा खेल्नेछ । पिएनजी, युएईसँगको तेस्रो सिरिज नेपालले पिएनजीको घरेलु मैदानमा २०२०को जुन नौ देखि १६ तारिखसम्म खेल्नेछ । यो प्रतियोगिताहरु २०१९ को अगष्ट १४ तारिखबाट सुरु हुनेछ । जसमा कुल २१ वटा सिरीज हुनेछन ।

जसमा नेपालले २०२१ को जेनेवरी मा ओमान र अमेरीका विरुद्ध, सोहि बर्षको फेब्रेवरीमा नेपाल, युएई र पिएनजी, अगष्टमा अमेरीका ओमान र नेपाल, नोभेम्बरमा नेपाल, नामिविया र स्कटल्याण्ड तथा २०२२ को जेनेवरीमा युएई पीएनजी र नेपाल विच सिरीज हुनेछ ।

यस प्रतियोगिताको शिर्ष तीन टोलिले आइसीसी विश्वकप छनोट २०२२ मा सोझै स्थान बनाउने छन भने अरु चार टिमले विश्वकप छनोटको प्लेअफ खेल्नेछन । सो प्लेअफको च्यालेञ्ज जितेर आएका खेलाडीले अन्तिम छनोट खेल्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest