सन्दिपकाे टिम दिल्लीकाे लक्ष्य पहिलाे आइपीएल फाइनल

सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ ।

आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।

लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो ।

दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिष्पर्धा गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest