उमन्स क्रिकेट लिगमा १०७ खेलाडी दर्ता

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा असोजमा हुने महिला च्याम्पियन्स लिगमा कुल एक सय सात जना खेलाडीले नाम दर्ता गराएका छन ।

एक साताको खेलाडी दर्ता खुल्ला गरिएकोमा कुल एक सय सात जनाले आफ्ना नाम दर्ता गराएका छन । दर्ता भएका खेलाडीलाई तीन समुह विभाजन गरेर ड्राफ्टमा राखिने छ ।

नेपालका ५ वटा फ्रेन्चाइज क्रिकेट टिमको सहभागिता रहेको महिला च्याम्पियन्स लिग क्रिकेट असोज तीन देखि ११ गतेसम्म हुनेछ ।
खेलाडी दर्ताका लागि आयोजकले चार समुहमा विभाजन गरिएको छ । जसमा डायमण्ड, सफायर, रुविज, वाइल्ड कार्ड इन्ट्रि रहेका छन ।
डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन्।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest