सन्दिप आइतबार नेपाल फर्कदै

इन्डियन प्रिमियर लिगमा नेपाली बलर सन्दिप लामिछानेको टिम दिल्ली क्यापिटल्सको यात्रा सकिएको छ । यो सँगै सन्दिपको यो सिजनको यात्रा पनि समाप्त भएको छ । अब सन्दिप आइतबार नेपाल फर्किनेछन ।

यो सिजन ६ खेलमा आठ विकेट लिएका सन्दिपले खेलको अन्तिम खेलमा निकै महंगो बनेको थिए । आइपीएलमा पहिलो पटक सन्दिपले पुरै चार ओभर बलिङ गर्न पाएनन् । उनले यो सिजनमा क्रिस गेल, लोकेश राहुल, मोयन अली, सरफराज खान, साम कुरान जस्ता खेलाडीको विकेट लिएका थिए ।

गत सिजनमा आईपीएलमा डेव्यु गरेको सन्दीपले यस पटक चाडैंनै मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दिपले सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए । आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप (पीएम कप) खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest