विश्वकप तयारीका लागि आफ्ना खेलाडी चाँडै क्याम्पमा फर्कन दक्षिण अफ्रिकी प्रशिक्षककाे आग्रह

दक्षिण अफ्रिकाका प्रशिक्षक ओटिस गिब्सनले विश्वकपका लागि आईपीएलमा सहभागी खेलाडीलाई चाँडै फर्कन आग्रह गरेका छन् ।

आईपीएलको फाइनल खेल विहीबार हुँदै छ । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, इमरान ताहिर, क्वीन्टन डी कक, किस मोरिस आईपीएल खेल्न भारत आएका थिए । आईपीएलको फाइनलमा चेन्नाई र मुम्बई इण्डियन्स भिड्दा तीन जना दक्षिण अफ्रिकाका खेलाडी छन् ।

दिल्लीबाट खेलेका क्रिस मोरिस भने शुक्रबार रातिको खेलमा चेन्नाईसँग पराजित भएपछि उनी भने फर्कने तयारीमा छन् । यसैगरी फाइनलमा चेन्नाईबाट खेल्दै आएका फाफ डु प्लेसिस,इमरान ताहिर र क्वीन्टिन डि कक मुम्बईबाट खेलिरहेका छन् ।

कागिसो राबडा भने यसअघिनै घाइते भएपछि दक्षिण अफ्रिका फर्किएका थिए । उनी आउँदो विश्वकपसम्म ठिक हुने सम्भावना कम देखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest