पाकिस्तान विरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्ड १२ रन विजयी

पाकिस्तान विरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ ।

गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाउँदै तीन सय ७३ रन बनायो । ब्याटिङ पिच रहेको सो खेलमा इंग्ल्याण्डका लागि जोस बट्लरले एक सय १० तथा जेसोन रोयले ८७ र इयोन मोर्गनले ७१ रन बनाए । यस्तै जोय रुटले ४० रनको योगदान गरे । बटलरले ५० बलमा सतक पुरा गरे । उनले कम बलमा सतक बनाउने दोस्रो इंग्लिस खेलाडी बनेका छन ।

जवाफमा पाकिस्तान ५० ओभरमा सात विकेट गुमाउँदा तीन सय ६१ रनमा अलआउट भयो । जसका लागि फकर जमालले एक सय ३८ तथा आदिल रासिदले ५१ रन बनाए । रोमाञ्चक बनेको खेलको अन्तिम ओभरमा पाकिस्तान जितको नजिक पुगेपनि सफल हुन सकेन । जितसँगै पाकिस्तानले ५ खेलको सिरीजमा एक शुन्यको अग्रता बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest