मुम्बई इन्डियन्सका पाेलार्ड जरिवानामा परे

इण्डियन प्रिमियर लिग (आईपीएल) उपाधि विजेता मुम्बई इन्डियन्सका अलराउण्डर केइरन पोलार्डलाई जरिवाना गरेको छ ।

आइतबार राति भएको चेन्नई सुपर किङ्सविरुद्धको फाइनल खेलको दौरान रेफ्रीको निर्णयमा विरोध गरेको कारण पोलार्डलाई जरिवाना गरिएको हो ।

पोलार्डलाई आईपीएलको नियम मिचेको कारण २५ प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा वाइड बललाई रेफ्रीले कुनै संकेत नगरे पछि उनले स्टम्प भन्दा निकै बाहिर गएर ब्याटिङ गरेको जस्तो गर्दै बलरलाई रन अप गराएर छाडेका थिए ।

फाइनलमा साविकको विजेता चेन्नईलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest