काेहलीले जिते सीईएटीमा २ अवार्ड

 भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सीईएटी क्रिकेट अवार्डमा दुई अवार्ड जितेका छन् । सोमबार राति घोषणा गरिएको अवार्ड कार्यक्रममा कप्तान कोहलीले सीईएटी अन्तराष्ट्रिय क्रिकेटर अफ दि इयरु र सीईएटी ब्याट्सम्यान अफ दि इयर अवार्ड जितेका छन् ।

यस्तै अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड भारतका रोहित शर्माले जित्दा टेष्ट क्रिकेटर अफ दि इयर भारतकै चेतेश्वर पुजारा र टी-ट्वान्टी क्रिकेटर अफ दि इयर अष्ट्रेलियाका आरोन फिन्चले जितेका छन्  ।

यस्तै बलर अफ दि इयर अवार्ड भारतका जस्प्रित बुम्रहले जित्दा टी(ट्वान्टी बलर अफ दि इयरको अवार्ड अफगानिस्तानका राशिद खानले जिते ।

त्यस्तै आउटस्टान्डिङ पर्फर्मेन्स अवार्ड भारतका कुलदीप यादव, डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड आशुतोष अमान र जुनियर क्रिकेटर अफ दि इयर अवार्ड याशाभी जैशवालले जिते ।

अन्तराष्ट्रिय महिला क्रिकेटर अफ दि अवार्ड भारतकी स्मृति मन्धनाले जितिन् । लाइफटाइम अचिभमेन्ट अवार्ड मोहिन्दर अमरनाथलाई प्रदान गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest