क्यारेवियन प्रिमियर लिगको ड्राफ्ट आज, नेपाली खेलाडी पर्लान त?

क्यारेवियन प्रिमियर लिगको ड्राफ्ट नेपाली समय अनुसार आज राति ७ बजेर ४५ मिनेटमा लण्डनमा हुँदैछ । नेपालका ४ खेलाडी सहित कुल ५३६ खेलाडीहरु ड्राफ्टमा समावेश छन ।

क्यारेवियन प्रिमियर लिग क्रिकेटको ड्राफ्टमा नेपालका युवा खेलाडीहरु सन्दीप लामिछानेसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका छन् । उनीहरुबाट ६ टिमले खेलाडी छनोट गर्ने छन् ।

ड्राफ्टमा परेका खेलाडीहरु २१ देशका ५३६ खेलाडीहरु हुन । जसमा १७९ खेलाडी वेस्ट इन्डिजका छन् भने ३५७ विदेशी खेलाडी छन् । पहिलो पटक भारतबाट इरफान पठान उक्त ड्राफ्टमा समावेश छन ।

हालै आईपीएल खेलेर फर्किएका युवा खेलाडी सन्दीप लामिछाने गत बर्ष सम्पन्न सीपीएलमा सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । यो बर्ष उनलाई कुन क्लबले लिन्छ भन्ने प्रश्न आज बेलुका थाहा हुन्छ ।

उक्त कार्यक्रमको लण्डनको जी फिनिटी इस्पोर्ट्स अरीनाबाट प्रत्यक्ष प्रशारण गरिने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest