सन्दीप क्यारेबियन लिग खेल्ने

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने पक्का भएको छ ।

सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्ने पक्का भएको हो । लण्डनमा जारी ड्राफ्टबाट सन्दीपलाई सीपीएल टिमले अनुबन्ध गरेको छ ।

ड्राफ्टबाट सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । उनलाई पाँचौ चरणमा बार्बाडस ट्राइडेन्टसले छनोट गरेको हो ।

उनी यस सिजन महङ्गाे मुल्यमा टाेलीमा समावेश भएका छन् । अघिल्लाे सिजन करिब ६ लाखमा अनुबन्धन भएका सन्दीपले यस सिजन करिब ८० लाख प्राप्त गर्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest