आर्मी क्लबले प्रदेश नम्वर २ लाई जितका लागि २७९ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई जितका लागि २७९ रनको लक्ष्य दिएको छ  ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनायो ।

[match_center id=”31619″]

आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ९० रन जोड्दा बिनोदले ६६ रनको योगदान दिए । १०९ बलको सामना गरेका राजुले ५ चौका र २ छक्का प्रहार गरे ।  यस्तै बिनोदले ६१ बलमा ९ चौका प्रहार गरे ।

प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest