पाकिस्तान विरूद्द अफगानिस्तानकाे जित

विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ । व्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

अफगानिस्तानलाई जित दिलाउन हसरमतुल्लाह साहिदी र मोहम्मद नावीले उत्कृष्ट साझेदारी गरेका थिए । हसरमतुल्लाहले अर्धशतक सहित ७३ रन नट अाउट रहँदै बनाउँदा नावीले पनि ३४ रनको योगदान गरे ।

हजरतुल्लाह जइजी ४९ रनमा आउट हुँदा रहमत साले ३२ रनको योगदान गरे । पहिला व्याटिङ गरेको पाकिस्तान ४७.५ ओभरमा २६२ रन बनाएर अल आउट भएको थियो । पाकिस्तानलाई कम स्कोरमा रोक्ने क्रममा मोहम्मद नावीले तीन तथा रासिद खान र दलत जर्दानले दुई दुई विकेट लिए ।
पाकिस्तानका बाबर आजमले शतकीय पारी खेल्दै ११२ रज बनाउँदा सोयब मलिकले ४४ रन जोडे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest