एपीएफले प्रदेश तीनलाई दुई सय ८९ रनको लक्ष्य

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई दुई सय ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन दुई विकेट गुमायो ।

उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख सात तथा शंकर राना मात्र एक रनमा पेभेलियन फर्किए । तर त्यसपछि प्रदिप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए ।

त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो । सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके । उनले एक सय तीन बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए । यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए । जसमा तीन चौका र एक छक्का सामेल थियो । यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest