ज्ञानेन्द्रकाे सतकका बाबजुत प्रदेश ३ पराजित

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायाे । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले सतक बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन दुई विकेट गुमायो । उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख सात तथा शंकर राना मात्र एक रनमा पेभेलियन फर्किए ।

[match_center id=”31621″]

तर त्यसपछि प्रदिप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए । त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो । सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके ।

उनले एक सय तीन बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए । यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए । जसमा तीन चौका र एक छक्का सामेल थियो । यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे ।

जवाफमा प्रदेश तीनले ५० ओभरमा नौ विकेट दुई सय ४७ रन मात्र बनाउन सक्यो । मध्यम सुरुवात गरेको उसले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । त्यसपछि ४३ रनमा दोस्रो विकेट गुमाएको प्रदेश तीनले एक सय १२ रनमा चौथो विकेट खेर फाल्यो । मध्यक्रममा खेलाडी विच राम्रो साझेदारी हुन नसक्दा प्रदेश तीन को पारी कमजोर बन्यो ।

उसका लागि ज्ञानेन्द्र मल्लले एक सय १७ रन बनाएपनि टिमका लागि जित प्रयाप्त बनेन । यस्तै कप्तान पारस खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए । उसका लागि जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest