भारत न्यूजिल्याण्डसँग ६ विकेटले पराजित

आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलमा भारत न्यूजिल्याण्डसँग ६ विकेटले पराजित भएको छ । भारतले दिएको १८० रनको लक्ष्य न्यूजिल्याण्डले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो ।

पहिला ब्याटिङ गरेको भारतले खराब शुरुआत गर्दै ३९.२ ओभरमा १७९ रन बनाएर अल आउट भयो । भारतका ११५ रन बनाउँदा ८ विकेट गुमाएको भारतका रविन्द्र जडेजाले अर्धशतकीय पारि खेल्दै इनिङ केही हदसम्म उकासेका थिए ।

जडेजाले ५४ रन बनउँदा हार्दिक पाण्ड्याले ३० रनको योगदान गरे । ओपनर व्याट्सम्यान रोहित शर्मा र शिखर धवन दुई दुई रन बनाएर पेभेलियन फर्कदा कप्तान विराट कोहली पनि १८ रन बनाएर आउट भए ।

चौथो नम्बरमा व्याटिङ गर्न आएका केएल राहुलले पनि राम्रो प्रदर्शन गर्न सकेनन् । उनी ६ रनमा आउट भएका थिए । महेन्द्रसिंह धोनीले १७ रनको योगदान गर्दा दिनेश कार्तिकले ४ रन जोडे । भारतलाई सस्तैमा रोक्नका लागि न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिँदा जेम्स निसमले तीन विकेट लिए ।

न्यूजील्याण्डको जितमा रस टेलरले ७१ रनको पारि खेल्दा कप्तान केन विलियम्सनले ६७ रन बनाए । यसैगरी मार्टिन गुप्टिलले २२ रनको योगदान गरेको थिए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest