अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले हरायाे

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

द रोस बल मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २९७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ११६ रनको शतकीय इनिङ्स खेले ।

प्रतिबन्ध फुकुवा भएपछि अष्ट्रेलियाका लागि पहिलो खेल खेलेका पुर्व कप्तान स्मिथले शतकीय इनिङ्स खेलेका हुन् । बल टेम्परिङ गरेको आरोपमा एक बर्षको प्रतिबन्ध खेपेका स्मिथको प्रतिबन्ध मार्चबाट फुकुवा भएको थियो ।

यस्तै डेभिड वार्नरले ४३ रनको योगदान दिदा उस्मान ख्वाजाले ३१ रन बनाए । एलेक्स केरी र शाउन मार्शले ३०/३० रन बनाए । इंग्ल्याण्डका लिआम प्लुङकेटले ४ विकेट लिए ।

अष्ट्रेलियाले दिएको २९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्ड ४९ ओभर ३ बलमा अलआउट हुँदै २८५ रनमा समेटियो ।

इंग्ल्याण्डका लागि जेम्स भिन्सले ६४ तथा कप्तान जोस बट्लरले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस वोक्सले ४० रन जोड्दा जोय रुटले ३२ रन बनाए ।

अष्ट्रेलियाका लागि केन रिचार्डसन र जासन पाउलले २/२ विकेट लिए  ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest