Cricnepal.com
Saturday, January 16, 2021
  • English
  • नेपाली
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social
Cricnepal.com
No Result
View All Result
Cricnepal.com
No Result
View All Result

मुलपानी मैदान, राष्ट्रिय प्रतियाेगिता, म्याटमा खेल-जात्रा

by cricnepal.com Staff
May 26, 2019 - Updated on May 28, 2019
0

नेपाली क्रिकेटमा मुलपानी मैदानको चर्चा भएको करीव दुई दशक भयो । यो विचमा कहिले जग्गाको मुवाब्जा विवाद त कहिले बजेटको अभाव, कहिले स्थानीयको अवरोध त कहिले ठेकेदारको ढिलाई । हरेक बर्ष मुलपानीको मैदानका लागि रातो कितावमा बजेट छुट्याइयो ।

तर त्यसको ४० प्रतिशत बजेट फ्रिज हुन पुग्यो । जव नेपालले टी–२० विश्वकप खेल्यो, त्यसपछि अब कीर्तिपुरको विकल्पका रुपमा मुलपानी मैदानलाई बनाउनुपर्छ भनेर सरकारी पक्ष तातिए र काम पनि सुरु गरे । तर निकै ढिलो सुस्तीमा । त्यसपछि मुलपानीको मैदानको अवस्था के भइरहेको छ भनेर यो विचमा ५ वटा खेलकुद मन्त्रीले निरिक्षण गरे भने पूर्व गृहमन्त्री बामदेव गौतमले समेत भ्रमण गरे । सबैले अब यो मैदान समयमा नै बन्छ भन्न भ्याए । तर मैदानको पुरा काम अझैपनि सकिएको छ ।

करिव ६ महिना अगाडी जग्गा विवादका काम सम्पन्न भएपछि यो मैदानले अझ काममा तिब्रता पाएको थियो । तर जति भएपनि के गर्नु, अझैपनि मैदानको छेउमै रहेका केहि घरहरु अझै हटेका छैनन् भने प्याराफिट र अरु धेरै काम बाँकि नै छन ।

तर यसपटक राष्ट्रिय खेलकुद परिषद्ले प्रधानमन्त्री कप क्रिकेटका लागि मुलपानीको मैदान तयार हुने भन्दै खेल तालिका मुलपानीमा पनि खेलाउने तय गर्यो । यसका लागि प्रतियोगिाको मिती दुई पटक पनि सर्यो । तर जति जे गरेपनि मैदानमा अन्तिममा पिच तयार हुन सकेन । सरकारी लगानीमा बन्दै गरेको यो मैदानमा प्रतियोगिता खेलाउने भनेपछि करिव एक महिना अगाडी देखि मात्र मैदानमा तयारी गरेको थियो ।

हतार हतारमा पिच बनाउन थालिएको थियो भने आउटफिल्टमा ठिक छ खेल्न योग्य छ भनेर देखाउनका लागि देखाइयो । तर क्युरेटर अजय पाण्डेले हतार हतारमा पिच तयार गरेर खेलाडीलाई खेल्न सजिलो हुदैन । पिचका लागि कम्तिमा तीन महिना अगाडी देखि काम सुरु गर्नुपर्नेहो । यसको पनि प्रक्रिया हुन्छ, आजको भोली नै रातारात पिच बन्छ भन्ने लाग्नेलाई के भन्नु, तर हामीले निकै मेहेनत गरेका हौ, तर सोचे अनुसार तयार हुन सकेन ।

क्युरेटर पाण्डे नेपाली क्रिकेटमा हरेक प्रतियोगिता हुने मैदानको पिचका लागि खट्ने ब्यक्ति हुन, उनको यो भनाइले पनि केहि हदसम्म प्रष्ट हुन्छ की, मैदानमा प्रतियोगिता खेलाउने भनेर कहिलेबाट काम सुरु भएको रहेछ भनेर ।

टेक्निकल टिमसँग सल्लाह नगरी, हचुवाको भरमा ल हुन्छ, भनेर डंका बजाइ पदाधिकारी हिड्ने, तर काम भने के भएको छ, त्यो अत्तोपत्तो नहुने, अनि अन्तिम समयमा तयार हुन सकेन र हामीले विकल्प खोज्यो भन्ने नेपाली पदाधिकारीको पुरानै बानी हो । जुन यसपटक पनि देखियो ।

मुलपानीको तल्लो मैदान तयार सुरु गरेसँगे यो मैदानमा पिच तयार पारेर खेल होला भन्नेमा ठुलो संका थियो, तर अब बोलिहालियो गर्नेपर्छ भन्ने मानसिक दबावका कारण पनि अन्तिममा पिचमाथि म्याट राखेर मैदानमा खेल खेलाइयो । र भनियो, पिच राम्रो नभएपछि खेलाडीले पिचमा भन्दा म्याटमा नै खेल्ने भनेरपनि यस्तो गरेको ।

मैदान प्रतियोगिताका लागि तयार गर्न कठिन थियो भने किन खेलाउने भनियो, अनि पिच तयार छैन भने किन जवरजस्ती म्याटमा खेलाउनु, यो ठुलो प्रश्न हो । एक त प्रतियोगिताको समयावधी कम, त्यसमा खेल संख्या बढि ।

भन्नलाई नेपालको एक्लो एकदिवसिय क्रिकेट प्रतियोगिता भनेर चर्चा कमाउने, तर यथार्तमा कमजोर तरिकाले आयोजना गर्नुले यसको भविष्यमा पनि संका उत्पन्न भएको छ । अघिल्लो संस्करणमा पनि मुलपानीको माथिल्लो मैदानमा खेलाउदा बर्षाले धेरै खेल विथोलिएको, पानी परेका बेला खेलाडीले नै पानी निकालेको, मैदानमा खेलाडी नै काममा उत्रिएका धेरै समाचार बाहिर आएका थिए ।

अब यसपटक तल्लो मैदानमा खेलाउने भनिएको पहिलो दिन नै म्याट राखेर राष्ट्रिय प्रतियोगिता भनेर नकारात्मक ढंगले चर्चा पाएसकेको छ । जुन जायज पनि हो । काम अन्तिममा गर्ने अनि सकारात्मक नतिजाको आशा गर्नु उचित होइन ।

मैदानको उद्घाटन खेलकुद मन्त्रीले गर्ने भनेर निमन्त्रणा पनि पठाइयो । तर विहान मैदानमा पुग्दा मन्त्री त के सदस्यसचिव नै आएनन् । २० करोड भन्दा बढि लगानी भइसकेको यो मैदानलाई पुर्णता दिन अझै आधा अर्व भन्दा बढि रकम खर्च हुने देखिएको छ । किनकी अहिले मैदान सम्याएर लेभर मिलाइएको छ । यसमा अझैपनि खेलाडीलाई चाहिने आधारभुत कुरा नै छैनन् ।

तर हतारमा प्रतियोगिता खेलाउने भनेर निर्णय गर्नुभन्दा पहिला, यथार्तमा कतिको संभव छ भनेर अध्ययन गरेर निस्कर्ष निकालेको भए अझ राम्रो हुने थियो की

सम्बन्धित समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

इङल्यान्ड बिरुद्ध घरेलु टोली श्रीलंका १३५ रनमा समेटियो

सन्दिप विकेटविहिन, हाेबर्ट ९ विकेटले पराजित

होबर्ट हुरिकेन्सले पर्थ सोचर्सलाई एक सय ४० रनको लक्ष्य

Load More
Next Post

पीएम कपमा आर्मीकाे लगातार दाेस्राे जित

यू-१९ इस्टर्न रिजनमा नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

मुख्य समाचार

पीएम कपमा आर्मीले गण्डकी लाई ९८ रनले हरायाे

आर्मीले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य

भारत र अष्ट्रेलियाकाे चौथो टेस्ट खेल शुरु, अष्ट्रेलिया टस जितेर ब्याटिङमा

January 15, 2021
Match 1
NAC
287/6
Gandaki
189/10
Nepal Army won by 98 runs
Scorecard | Series Home
January 3, 2021
Final
PRO1-W
105/4
APF-W
99/7
PRO-1 Women won by 6 runs
Scorecard | Series Home
January 2, 2021
2nd Semi-final
LUM-W
52/10
PRO1-W
55/0
PRO-1 Women won by 10 wickets (with 67 balls remaining)
Scorecard | Series Home
1st Semi-final
SUD-W
60/7
APF-W
61/1
APF Women won by 9 wickets (with 6 balls remaining)
Scorecard | Series Home
December 31, 2020
Match 12
PRO1-W
147/1
GAN-W
7/10
PRO-1 Women won by 140 runs
Scorecard | Series Home
Match 11
SUD-W
76/4
BAG-W
48/9
Sudur Paschim Province Women won by 28 runs
Scorecard | Series Home

Results

  • About us
  • Advertise
  • Write for us
  • Privacy Policy
  • TOC’s
  • Contact us
English Edition

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal

No Result
View All Result
  • Home
  • News
    • National
    • International
    • Nepal Men
    • Nepal Women
    • Nepal U19
    • Nepal U16
    • Opinion
    • In Focus
    • Interview
  • Match Center
    • Fixtures
    • Results
    • Live
  • Series
    • Prime Minister Cup Women’s National T20 2020/21
    • Gautam Buddha Cup 2020
    • ICC Cricket World Cup League 2
  • Team
  • Players
  • More
    • Rankings
    • Videos
    • Photos
    • Social

© cricnepal.com 2010-2021. Made with ♥ in Nepal. Powered by Namastech Interactive Pvt. Ltd. | Digital Marketing by Neypal