पीएम कपमा आर्मीकाे लगातार दाेस्राे जित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाइ ११३ रनले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४५ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । उसका लागि हरी चौहानले ४१ तथा विनोद भण्डारीले ३० रन बनाए । यस्तै राजेश पुलामीले ५६, करण केसीले २६ रनको योगदान गरे । यस्तै कुशल मल्लले १६ रन थपे ।

बलिङमा प्रदेश एकका दिपेश कँडेलले तीन तथा फिरादेश अन्सारी र सिद्धान्त लोहनीले दुई दुई विकेट हात पारे । जवाफमा प्रदेश एक २६ ओभर ५ बलमा मात्र ९१ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

निकै फितलो ब्याटिङ गरेको प्रदेश एकका लागि राजन मगरले सर्वाधिक २६ रन बनाए । २० रनमा पहिलो विकेट गुमाएको उसले ४७ रन बनाउदा ७ विकेट खेर फालेको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । अन्ततः ९१ रनमा अलआउट भयो । बलिङमा आर्मीका सुसन भारीले तीन तथा करण केसीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest