यू-१९ इस्टर्न रिजनमा नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको खेल तालिका सार्वजनिक भएकाे छ । जसमा नेपालले पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले खेल तालिका सार्वजनिक गर्दा नेपालकाे पहिलाे प्रतिद्वन्दी म्यानमार परेको हाे ।

समूह ‘ए’ मा रहेको नेपालले जुलाई २ मा म्यानमारसँग खेल्नेछ ।  यस्तै  जुलाई ५ मा सिंगापुर र अन्तिम खेलमा जुलाई ६ मा चीनसंग खेल्नेछ ।

अर्को समूहमा आयोजक मलेसिया, भुटान, हङकङ र  थाईल्याण्ड रहेका छन् । दुबै समुहका शिर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest