प्रधानमन्त्री कप क्रिकेटमा पुलिसकाे फराकिलाे जित

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले ।

[match_center id=”31694″]

दिलिपले ७२ रनको योगदान दिदा कुशलले ६२ रनको योगदान गरे । पुलिसका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए । यस्तै दिवन पुनले २ विकेट लिए ।

पुलिसले दिएको १८६ रनको लक्ष्य पक्ष्याएकाे कर्णाली प्रदेशले २७ ओभरमा ९१ रनमा अलआउट भयाे ।

कर्णालीका सुशान्त थापाले सर्वाधिक २९ बनाउँदा महेश खत्रीले १७ तथा दिनेश अधिकारीले १६ रन जोडे । अन्य खेलाडी सस्तैमा अाउट भए । पुलिसका आरिफ शेख ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिए ।

जितसंगै समूह ‘बी’ को पुलिसले २ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा छ । यस समूह ४ जोडेको आर्मी शीर्ष स्थानमा छ ।

फोटो: खेलपाटी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest