प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट, प्रदेश ३ द्वारा पाँच ६ विकेटले पराजित

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाँच ४२ ओभरमा एक सय २२ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुविन्धु पाण्डेले सर्वाधिक २२ रन बनाए भने सुरज दरालले १८ रनको योगदान गरे ।

यस्तै सन्दिप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे । बाँकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । प्रदेश ५ लाई कम स्कोरमा रोक्न कप्तान पारस खड्काले चार विकेट लिए । यस्तै नन्दन यादवले दुई विकेट हात पारे ।

जवाफमा प्रदेश तीनले २१ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको प्रदेश तीनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेको थियो । उसका ओपनर रित गौतम ३७ रनमा आउट भए ।

त्यसपछि रविन जोशी ब्यक्तिगत ३५ रनमा पेभेलियन फर्किदा प्रदेश तीनले ८७ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै पारस खड्का एक रनमा र अनिल बस्नेत दुई रनमा आउट हुँदा प्रदेश तीनले एक सय दुई रनमा चार विकेट गुमायो । प्रदेश तीनले आज पहिलो खेलमा सतक प्रहार गरेका ज्ञानेन्द्र मल्ललाई आराम दिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest