एपीएफकाे लगातार दाेस्राे जित

एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एपीएफले सुदुरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो ।

कीर्तिपुर मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३७ ओभर एक बलमा सबै विकेट गुमाउँदै १२५ रन बनायो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए भने विपिन रावलले २१ रन जोडे । खडक बोहराले १९ रन बनाए ।

बलिङतर्फ अविनाष बोहराले दुई विकेट लिए भने शरद भेषावकर, पृथु बास्कोटा र भुवन कार्कीले एक एक विकेट लिए । सुदूरपश्चिमका पाँच खेलाडी रनआउट भएका थिए ।

जवाफमा एपीएफले ३४ ओभर चार बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । एपीएफको जितमा शरद भेषवाकरले २६ रन बनाए भने सन्दिप जोराले २२ तथा सुमित महर्जनले १५ रनको योगदान गरे । यस्तै कप्तान पृथु बास्कोटाले अविजीत ३२ रन बनाए ।

३६ रनमा पहिलो विकेट गृुमाएको एपीएफले ४४ रनमा दोस्रो विकेट खेर फालेको थियो । त्यसपछि उसले स्कोरबोर्डमा ६९ रन बनाउँदा ५ विकेट गुमाउन पुग्यो । उसका आसिफ शेख तीन, शंकर राना एक तथा भुवन कार्की मात्र दुई रनमा आउट भए ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest