प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई १०९ रनको लक्ष्य

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई १०९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको छ । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे ।

[match_center id=”31717″]

५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन र आकाशले पारि सम्हालेका थिए । उनी दुईले साझेदारी गर्दै टिमको स्कोर १०३ बनाएका थिए । त्यसपछि सुमन आउट भएपछि क्रिजमा आएका दीपेश श्रेष्ठले खाता खोल्न सकेनन् भने किशोर महतो १ रनमा पेभेलियन फर्किए पछि गण्डकी १०८ रनमा समेटियो ।

गण्डकीलाई सस्तैमा समेट्न कप्तान पारस खड्का र सूर्या तामाङले चार चार विकेट लिए । दुवै जनाले एक एक ओभर मेडन समेत राख्न सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest