प्रदेश ३ काे लगातार दाेस्राे जित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा उसले गण्डकी प्रदेशलाई सात विकेटले हरायो ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको छ । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे ।

५० रन हुँदा ६विकेट गुमाएको गण्डकीका लागि सुमन र आकाशले पारि सम्हालेका थिए । उनी दुईले साझेदारी गर्दै टिमको स्कोर १०३ बनाएका थिए । त्यसपछि सुमन आउट भएपछि क्रिजमा आएका दीपेश श्रेष्ठले खाता खोल्न सकेनन् भने किशोर महतो १ रनमा पेभेलियन फर्किए पछि गण्डकी १०८ रनमा समेटियो ।

गण्डकीलाई सस्तैमा समेट्न कप्तान पारस खड्का र सूर्या तामाङले चार चार विकेट लिए । दुवै जनाले एक एक ओभर मेडन समेत राख्न सफल भए ।

जवाफमा प्रदेश तीनले २२ ओभर दुई बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जितमा आदिल खानले अविजीत ३८, इशान पाण्डेले २६ तथा रित गौतमले २० रन बनाए । जितसँगै प्रदेश ३ ले तीन खेलबाट चार अंक बनाएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest