टमाटा क्रिकेट प्रशिक्षक संघकाे अध्यक्ष

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाको अध्यक्षतामा नेपाल क्रिकेट प्रशिक्षक संघ गठन गरिएकाे छ ।

क्रिकेट प्रशिक्षकहरुलाई समेटेर पहिलो पटक मंगलबार टमाटाकाे अध्यक्षतामा १४ सदस्सीय कमिटी गठन भएकाे हो ।

कमिटीले क्रिकेट प्रशिक्षककाे हकहितमा काम गर्ने बताइएकाे छ । याे कमिटीले ६ महिना भित्र संघको साधारणसभा गर्नेछ । संघको उपाध्यक्षमा राजु बस्न्यात, सचिबमा बसन्त शाही र कोषाध्यक्षमा कैलाश बिष्ट छन् ।

यस्तै सदस्यमा सामसन जंग थापा, शेरबहादुर लामा,निरा राजोपाध्याय,मनोज कटवाल,प्रकाश शर्मा,ज्ञानेन्द्र क्षेत्रि र रिजन प्रिजु रहेका छन् । संघको सल्लाहकारमा उपेन्द्र भट्टराई, अरुण अर्याल र सुनोज भट्टराई रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest