आर्मी सेमिफाइनलमा

विभागिए टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आर्मीले कर्णाली प्रदेशलाई एक सय १७ रनले हरायो ।

मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ओभरमा नौ विकेट गुमाउँदै दुई सय ९० रन बनायो । बलियो साझेदारी गरेको आर्मीले पहिलो विकेटका लागि एक सय ३२ रनको साझेदारी गरेको थियो । उसका ओपनर हरीशंकर झाले ५२ रन बनाए भने राजु रिजालले ६६ रनको योगदान गरे ।

यस्तै रोहितकुमार पौडेलले ५६ रन बनाए भने हरी चौहानले ११ रन थपे । यसका साथै करण केसीले २८ रन बनाए । राम्रो सुरुवात गरेपनि उसका मध्यक्रममका खेलाडी सस्तैमा आउट भए । एक सय ६९ रन बनाउदा ५ विकेट गुमाएको आर्मीले दुई सय ५८ रनमा नौ विकेट गुमायो ।
अन्तिममा साहव आलम र ललित चन्दले १६–१६ रनको योगदान गरे । बलिङमा ललित प्याकुरलेले ५ विकेट लिए ।

जवाफमा कर्णाली प्रदेश ३५ ओभर एक बलमा एक सय ७३ रनमा अलआउट भयो ।

कमजोर सुरुवात गरेको उसले १८ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि २३ रनमा दोस्रो किवेट खेर फाल्दा ७१ रनमा ६ विकेट गुमायो । जसमा सुसन थापाले सर्वाधिक ३१ रन बनाए भने दिवन पुन २६ तथा कप्तान रविन्द्र शाहीले १३ रन बनाए ।

यस्तै दिनेश अधिकारीले ११ रन थप्दा अरु खेलाडी एकपछि अर्को रुपमा आउट भए । अन्तिममा ललित प्याकुरेलले २८ रन जोडे । कर्णालीलाई कमजोर पार्न सुसान भारीले ५ ओभरमा २३ रन खर्चिएर चार विकेट लिए । यस्तै करन केसीले दुई विकेट लिए । यो जितसँगै आर्मीले तीन खेलमा ६ अंक बनाउदै समुह बी बाट सेमिफाइनलमा पुगेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest