डेल स्टेनले दक्षिण अफ्रिकाकाे पहिलाे खेल गुमाउने

दक्षिण अफ्रिकाका अनुभवी बलर डेल स्टेनले इंग्ल्याण्डविरुद्धको उद्घाटन खेल गुमाउने भएका छन् ।

घाइते रहेका स्टेन पूर्णरुपमा फिट नभएपछि उनी विहीबारदेखि शुरुहुने विश्वकपको उद्घाटन खेल गुमाउने भएका छन् । हालै भारतमा भएको आईपीएलका दौरान डेल स्टेन घाइते भएका थिए ।

दक्षिण अफ्रिकाले दोस्रो खेल भारतसँग जुन पाँच तारिखमा खेल्ने छ । त्यतिबेलासम्म उनी फिट भइसक्ने अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले स्टेनको फिटनेशले टिममा केही प्रभाव पारे पनि तीन मध्ये एक अनुभवि बलर बाहिर वस्नु पर्ने बताएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest