वेष्ट इन्डिजद्वारा न्यूजिल्याण्ड ९१ रनले पराजित

विश्वकपको अघि  भएकाे अभ्यास खेलमा वेष्ट इण्डिजले न्यूजिल्याण्डलाई ९१ रनले हराएको छ ।

पहिला ब्याटिङ गर्दै वेष्ट इण्डिजले ४२१ रनको विशाल योगफल तयार पारेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको इण्डिजले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै ४२१ रन बनाएको थियो । इण्डिजका लागि साई होपले शतकीय योगदान दिए । उनले ८६ बलमा १०१ रन बनाएका थिए । आन्द्रे रसेलले २५ बलमा ५४ रन बनाउँदा इभिन लुइसले पनि ५० रनको अर्धशतकीय पारी खेले । कप्तान ज्यासन होल्डरले ३२ बलमा ४७ रन र क्रिश गेलले २२ बलमा ३६ रन जोडे ।

बलिङतर्फ ट्रेन्ट बोल्टले चार विकेट लिए भने म्याट हेनरीले दुई विकेट लिए ।

जवाफमा न्यूजिल्याण्डले ३३० रनको सम्मानजनक योगफल तयार पा¥यो । न्यूजिल्याण्डलाई ४७.२ ओभरमा अलआउट पार्नका लागि कार्लोस ब्राथह्वाइटले तीन विकेट लिए भने फावियन एलेनले दुई विकेट लिए । टम ब्लन्डेलले शतकीय योगदान दिए भने केन विलियमसनले ८५ रनको उत्कृष्ट इनिङ खेले । इश सोधीले पनि ३९ रन बनाउँदा न्यूजिल्याण्ड लक्ष्य नजिक पुग्न सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest