पीएम कपमा पुलिसकाे लगातार दाेस्राे जित

प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । पुलिसले प्रदेश १ लाई ७५ रनले हरायो । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो ।

मुलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पुलिसलले ४३ ओभर एक बलमा एक ८५ रनमा अलआउट भयाे । पुलिसका लागि अमित श्रेष्ठले १०६ रनको योगदान दिए । उनले १५ चौका र एक छक्का प्रहार गर्दै सो योगफल तयार पारेका थिए ।

पुलिसको इनिङमा अन्य कनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर पवन १० रनमा आउट भए भने अर्का ओपनर अनिल कुमार शाह ४ रनमा, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४, मञ्जित श्रेष्ठ ११, रामनरेश गिरी ११ र ललित नारायण राजवंशीले १ रनमात्र जोडे ।

बलिङतर्फ कमल खत्री, फिदोष अन्सारी, पुष्प थापा, दिपेश कँडेल र सिद्धान्त लोहनीले २–२ विकेट बाँढे ।

एक सय ८६ रनको लक्ष्य पछ्याएको प्रदेश एक ३६ ओभरमा एक सय १० रनमा अलआउट भयो । प्रदेश १ का लागि सन्नी पुनले सर्वाधिक २७ रन बनाए भने मिनास थापाले १९ रन जोडे । अन्य ब्याट्सम्यानले झनै खराब प्रदर्शन गरे ।

प्रदेश १ लाई हराउनका लागि दिपेन्द्र सिंह ऐरी एक्लैले पाँच विकेट लिए भने ललित नारायण राजवंशीले दुई विकेट हात पारे । आरिफ शेख र सागर ढकालले पनि एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest