प्रधानमन्त्री कपमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ९ विकेटले हरायो

प्रधानमन्त्री कपमा प्रदेश दुईले कर्णाली प्रदेशलाई नौ विकेटले हरायो । प्रतियाेगितामा प्रदेश २ काे पहिलाे जित हाे ।

कर्णालीले दिएको ९४ रनको कमजोर लक्ष्य प्रदेश २ ले १५.५ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । प्रदेश २ का लागि हरिशंकर शाहले अविजित ५१ रनको अर्धशतकीय योगदान दिए भने हसिम अन्सारीले १७ र रविकुमार साहले १६ रन जोडे ।

टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले ३०.४ ओभरमा ९३ रन बनायो । प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिए भने रवीन्द्र शाहीले१४ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

कर्णालीलाई सस्तैमा रोक्नका लागि कुमार थापाले तीन विकेट लिए भने राशिद खान, संसद शेख र हरिशंकर शाहले दुई दुई विकेट लिए ।

प्रदेश २ ले पहिलो जित निकाल्दा कर्णालीको भने लगातार दोस्रो हार हो । यसअघि कर्णाली पुलिस क्लबसँग पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest