विश्वकप आजदेखि, इंग्ल्याण्ड दक्षिण अफ्रिका भिड्दै

आईसीसी एक दिवशीय विश्वकप क्रिकेट आजदेखि इंग्ल्याण्ड र वेल्समा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपको उद्घाटन ओभल मैदानमा हुनेछ ।

विश्व क्रिकेटमा यी दुबै टिमलाई अभागी भनिन्छ । कहिले वर्षाले त कहिले बलिङ अनि कहिले फिल्डिङमा चुक्दा दक्षिण अफ्रिकाको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न सकेको छैन । यो पटक ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्यका साथ दक्षिण अफ्रिकी टिम विश्वकपको मैदानमा उत्रिने तयारी गरिरहेको छ । दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।

यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरी अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो ।

दक्षिण अफ्रिकाजस्तै अर्को अभागी टिम हो इंग्ल्याण्ड । क्रिकेटको जन्म इंग्ल्याण्डमा भएको मानिन्छ । तर, जुन खेल जन्मायो त्यही खेलको सबैभन्दा ठूलो प्रतियोगिता इंग्ल्याण्डले जित्न सकेको छैन । यो पटक आफ्नो शाख जोगाउने अर्को प्रयास गर्दैछ । सन् १९७५ मा भएको क्रिकेट विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाएको इंग्ल्याण्डले उपाधि भने जित्न सकेको छैन ।

इंग्ल्याण्डले चार पटक विश्वकपको आयोजना ग¥यो र तीन पटक फाइनल खेल्यो । तर यो प्रतिष्ठित ट्रफी घर भित्राउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै इंग्ल्याण्ड प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest