पीएम कप क्रिकेटमा सुदुरपश्चिमले प्रदेश ५ लाई १८९ रनकाे लक्ष्य

प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश ५ लाई एक सय ८९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा एक सय ८८ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको सुदुरले १९ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ६१ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको सुदुरले ८१ रनमा ५ विकेट खेर फालेको थियो ।

सुदुरका लागि खड्क बोहोराले ६२ तथा लोकेश बमले १९ रन बनाए । यस्तै नरेश बोहोराले ३१ रनको योगदान गरे । यस्तै अन्तिममा नरेन्द्र साउदले २१ रनको योगदान गरे । बलिङमा प्रदेश ५ का शिद्धान्त शाहीले दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest