गाैतमबुद्ध क्रिकेट मैदानकाे काम स्थगित (भिडियो सहित)

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थ कार्य तत्काललाई स्थगित गरिएकाे छ ।

नेकपाका नेता प्रकाश कँडेलको नेतृत्वमा रहेकाे समूहले बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएका थिए ।

बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले प्रेस विज्ञप्ति निकाल्दै अराजक समूहबाट सुनियोजित ढंगबाट निर्माणाधीन रंगशालामा ठूलो क्षति पुर्राएको भन्दै त्यहाँ काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा परेकाे बताएका छन ।

वातावरण सहज नहुँदा सम्म काम अघि नबढ्ने विज्ञप्तिमा जनाइएकाे छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest