विश्वकपकाे उद्घाटन ह्यारीले गरे, इंग्ल्याण्डकाे राम्राे सुरूवात

एक दिवशीय विश्वकप शुरु भएको छ । इंग्ल्याण्ड र वेल्सका मैदानमा ६ हप्तासम्म संचालन हुने विश्वकपको उद्घाटन वेलायती राजकुमार ह्यारीले गरेका छन् ।

उद्घाटन गर्दै उनले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने सबै टिमलाई जितका लागि शुभकामना दिएका छन् । ‘सबै टिमलाई शुभकामना । जसले यो प्रतियोगिता संचालन गर्नका लागि भुमिका खेलेका छन्, उनीहरुलाई धन्यवाद, ’ राजकुमार ह्यारीले भने ।

‘एक दिवशीय विश्वपको उद्घाटन गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरेको छु ।’
एक दिवशीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप आजदेखि इंग्ल्याण्ड र वेल्समा शुरु भएको छ प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ ।

इंग्ल्याण्ड टिमको ओपनिङ ज्यासन रोय र जोनी बेइर्स्टोले गर्नेछन् । टिममा जो रुट, इयोन मोर्गान, जोस बट्लर, बेन स्टोक्स, मोइन अलि, क्रिस वक्स, अदिल रसिद, जोफ्रा आर्चर र लिया प्ल‌ंकेट छन् ।

दक्षिण अफ्रिका टिमको ओपनिङ हसिम अमला र क्वीन्टन डिककले गर्नेछन् । यसका अलावा टिममा एइडेन मारक्राम, फाफ डु प्लेसी, रासी भान डर डसेन, जेपी डुमिनी, एन्डिल फेलुकवायो, ड्वाइन प्रिटोरियस, कागिसो रबाडा, लु‌ंगी एनगिदी र इम्रान ताहिर छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest