पीएम कप क्रिकेटः बर्षाले खेल रद्द

प्रधानमन्त्री कप अन्तर्गत सुदूरपश्चिम र प्रदेश ५ वीचको खेल वर्षाका कारण रद्द भएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा एक सय ८८ रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको सुदुरले १९ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ३३ रनमा दोस्रो विकेट खेर फालेको उसले ६१ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको सुदुरले ८१ रनमा ५ विकेट खेर फालेको थियो ।

सुदुरका लागि खड्क बोहोराले ६२ तथा लोकेश बमले १९ रन बनाए । यस्तै नरेश बोहोराले ३१ रनको योगदान गरे । यस्तै अन्तिममा नरेन्द्र साउदले २१ रनको योगदान गरे । बलिङमा प्रदेश ५ का शिद्धान्त शाहीले दुई विकेट हात पारे ।

सुदूर पश्चिमले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मैदानमा वर्षा भएपछि खेल सुचारु हुन सकेन ।

१९ ओभरको खेल सकिँदा प्रदेश ५ ले ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो ।

त्यसपछि दुबै टिमले अंक बाँढेका छन् । पहिलो खेलमा पराजित भएका दुबै टोलीलाई आज अंक बाँढ्नु पर्दा घाटा लागेको छ । अझ बढी घाटा सुदूरपश्चिमलाई लागेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest