इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिकासामु ३१२ रनकाे लक्ष्य

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटको उद्घाटन खेलमा घरेलु टिम इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई तीन सय १२ रनको लक्ष्य दिएको छ ।

लण्डन स्थित द ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै तीन सय ११ रन बनायो । कमजोर सुरुवात गरेपनि इंग्ल्याण्डको पारीलाई जेसोन रोय र जोय रुटले बचाए ।

एक रनमा पहिलो विकेट गुमाएको उसका लागि रोय र रुटले दोस्रो विकेटका रुपमा एक सय ६ रनको साझेदारी गरे । जसमा रोय ५४ रनमा आउट हुन पुगे । इंग्ल्याण्डका लागि जोय रुटले ५१ रन बनाए भने इयोन मोर्गनले ५७ रन बनाए ।

मोर्गन र बेन स्कोट विच चौथो विकेटका लागि एक सय ६ रनको साझेदारी भएको थियो । उसको पारीमा जोस बट्लरले १८ रन बनाउदा मोयन अलीले मात्र तीन रन जोडे । बेन स्टोकले ८९ रन बनाए । यस्तै चाल्र्स वोक्सले १३ रन थपे ।

प्रतियोगिताको उदघाटन राजकुमार हेरीले गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest