क्रिकेट रंगशालाकाे काम नराेक्न सराेकारवालाकाे सुझाव

धुर्मुस सुन्तलीलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम एक सेकेण्ड पनि नरोक्न चितवनका राजनैतिक दल र स्थानिय प्रशासनले आग्रह गरेका छन् । अराजक व्यक्तिहरुले बार भत्काएपछि रंगशालाको काम अगाडि वढाउन नसकिने भन्दै धुर्मुस सुन्तली फाउन्डेसले विज्ञप्ति जारी गरेपछि चितवनका सरोकारवालाहरुले काम नछाड्न अपिल गरेका हुन् ।

आज भरतपुर महानगरमा भएको सर्वपक्षिय छलफलका क्रममा घटनामा संलग्नलाई कानुन अनुसार कडा कार्वाही गर्नुपर्ने तर धुर्मुस सुन्तली फाउन्डेसनले काम छाड्न नहुने सुझाव दिएका छन् ।छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिले मुलुक आर्थिक सम्वृद्धिको दिशामा अगाडि वढीरहेकोले विकासका परियोजनामा हुने यस खालका अवरोध गर्नेहरुलाई पाटीको संरक्षण नहुने प्रतिवद्धता जनाए ।

घटनामा संलग्न स्थानीय कार्यकर्ता प्रकाश कंडेललाई पाटीको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरेको जानकारी गराउदै अवरोध गर्ने कसैलाई संरक्षण नगर्ने र कार्वाहीका लागि स्थानीय प्रशासनलाई सहयोग गर्ने बताए ।

भरतपुर महानगरका प्रमुख रेनु दाहालले घटनाले आफुलाई स्तव्ध वनाएको र सिंगो चितवन शोकमा भएकोले शोकलाई शक्तिमा वदलेर रंगशाला निर्माण अभियानलाई अगाडी वढाउनुपर्ने बताइन ।

सो अवसरमा अभियान्ता सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीले विगत केही महिनादेखि नै स्थानीय प्रकाश कंडेलले विभिन्न वहानामा दुख दिने सोचका साथ गतिविधिहरु संचालन गरिरहेको उल्लेख गर्दे घटनावाट आफुहरु विचलित मानसिकतामा भएको वताए ।

उचित सुरक्षाको प्रवन्ध नभएसम्मका लागि काम अगाडि वढाउन नसकिने भन्दै धुर्र्मुस सुन्तली फाउन्डेसनले विज्ञप्ति जारी गरी काम स्थगित गरेको जनाएको छ । वुधवार स्थानीय प्रकाश कंडेलको नेतृत्वको गएको स्थानीयको टोलीले रंगशालाको वाहिरी वार डोजर लगाएर भत्काएको थियो । वाटोको विषयमा विवाद भई बार भत्काएको भनिएता पनि कंडेलले कमिसन मागेको, आफुले भनेका निमार्णका साधनहरु प्रयोग गर्नुुपर्ने माग गरिरहेको र कर्मचारी भर्ना गर्न माग गरिरहेको फाउन्डेसनको भनाई छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest