गण्डकी प्रदेशले विभागिए टिम एपीएफलाई मात्र एक सय २६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विभागिए टिम एपीएफलाई मात्र एक सय २६ रनको लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो ।

४४ रन बनाउदा ६ विकेट गुमाएको गण्डकीका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन सकेन । उसका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए भने विपीन खत्रीले १७ तथा किशोर महतोले १५ रन बनाए । यस्तै आकाश थापाले १९ रन जोडे ।

बलिङमा एपीएफका भुवन कार्कीले तीन तथा यज्ञमान कुमाल, अमरसिंह रौटेला र शरद भेषवाकरले दुई दुई विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest