प्रदेश १ काे पीएम कपमा पहिलाे जित

प्रदेश एकले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा उसले कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश एकले आठ विकेट गुमाउँदै दुई सय २८ रन बनायो । उसका लागि सिद्धान्त लोहनीले ६३ रन बनाए भने फिरदोश अन्सारीले ४५ तथा कप्तान पुष्प थापाले २९ रनको योगदान गरे । यस्तै सन्नी पुनले ३४ रन बनाए । खेलमा राम्रो खेलेका सिद्धान्त गोलीगाँठोमा चोट बोक्दै रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरीए ।

जवाफमा कर्णाली प्रदेश २० ओभर एक बलमा मात्र ४७ रनमा अलआउट भयो ।

सुरुवात देखि नै डगमगाएको उसले चार रनमा पहिलो विकेट गुमाउँदा ३४ रनमा ६ विकेट खेर फालेको थियो । उसका निश्चल रावलले सर्वाधिक १७ रन बनाउदा अरु ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । लगातार विकेट गुमाएको कर्णाली प्रदेश अन्ततः ४७ रनमा समेटियो ।

उसलाई कम स्कोरमा रोक्न पुष्प थापाले घातक बलिङ गरे । उनले नौ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे । यस्तै मुकुन्द यादवले तीन विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest