विभागिए टिम एपीएफ प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा एपीएफले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।
मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ४१ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो ।
४४ रन बनाउदा ६ विकेट गुमाएको गण्डकीका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन सकेन । उसका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन बनाए भने विपीन खत्रीले १७ तथा किशोर महतोले १५ रन बनाए । यस्तै आकाश थापाले १९ रन जोडे ।
बलिङमा एपीएफका भुवन कार्कीले तीन तथा यज्ञमान कुमाल, अमरसिंह रौटेला र शरद भेषवाकरले दुई दुई विकेट हात पारे ।
जवाफमा एपीएफले २३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उपाधिका दावेदार एपीएफको जितमा प्रदिप ऐरीले ३३ तथा आसिफ शेखले २० रन बनाए ।
यस्तै शंकर राना मात्र तीन रनमा आउट हुँदा कप्तान शरद भेषवाकरले अविजीत २६ रन बनाए । यस्तै सुमित महर्जनले नौ रन जोडे ।
जितसँगै एपीएफले तीन खेलमा ६ अंक बनाउँदै समुह ए बाट सेमिफाइनलमा पुगेको हो । उब उसले समुह विजेताका लागि अन्तिम खेल खेल्नेछ ।